मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ

भेषराज नेपाल 141+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

झापा / काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति मागअनुसार नै नियमित भइरहेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुने गरेको छ। पछिल्लो तीन दिनदेखि तराई क्षेत्रमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरेर काठमाडौं उपत्यकामा ल्याई बिक्री–वितरण भइरहेको छ।

तराईका उद्योगबाट ग्यास रिफिल गरी उपत्यकामा पठाउने व्यवस्था मिलाइएपछि बजारमा ग्यासको आपूर्ति निरन्तर भइरहेको संघको भनाइ छ। उपत्यकामा दैनिक हुने मागलाई ध्यानमा राखेर विभिन्न उद्योगबाट भरिएका सिलिन्डर ल्याई वितरण भइरहेको जनाइएको छ।

पछिल्लो समय ग्यासको आपूर्तिलाई लिएर उपभोक्तामा चासो र चिन्ता बढिरहेका बेला उद्योगीहरूले भने बजारमा मागअनुसारकै नियमित आपूर्ति भइरहेको दाबी गरेका छन्। उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगहरूले उपलब्ध स्रोत र साधनअनुसार आपूर्ति व्यवस्थापन गरिरहेको संघले जनाएको छ।

तराईका उद्योगबाट रिफिल गरिएका सिलिन्डर काठमाडौं उपत्यकामा ल्याएर बिक्री–वितरण गर्ने क्रम जारी रहेकाले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको उद्योगीहरूको भनाइ छ।

संघले ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित राख्न उद्योगी, वितरक तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएको छ। साथै, बजारमा अनावश्यक अभावको हल्ला फैलिँदा उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्न सक्ने भएकाले त्यसले आपूर्ति व्यवस्थापनमा थप दबाब पर्न सक्ने उद्योगीहरूले बताएका छन्।

हाल तराईबाट ग्यास रिफिल गरी उपत्यकामा ल्याउने क्रम जारी रहेकाले दैनिक करिब ४० हजार सिलिन्डरको माग धान्ने गरी आपूर्ति भइरहेको संघको दाबी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार