झापा । भद्रपुर निवासी सत्यनारायण तायलको नयाँ तीज गीत " फुर्ति कति धेरै .. ।" बोलको गीत सार्वजनिक भएको छ ।
गीत सङ्गीत तथा सन्चार क्षेत्रमा आफ्नो नाम स्थापित गरीसकेका गायक निरज पोखरेल र साङ्गितिक रुपमा रेडियो नेपाल देखि चिनिएकी गायिका पबित्रा ओलीको स्वरमा रहेको उक्त गीत तायल ग्रुप नेपालले निर्माण गरेको हो ।
अहिलेको प्राकृतिक रुपले बिषम परिस्थितिमा निर्माण भएको गीत बाट अथवा यु टुबबाट उठेको रकम बाढी पीडितलाइ सहयोगार्थ गर्ने अठाेटसहित गीत सार्वजनिक भएको हो ।
लबकुश गौतमको निर्देशन ,कुमार अनुरागीको कोरियोग्राफी , कलाकारहरु सन्जय शिवाकोटी,माही शर्मा ,मनिसा बुढाथोकी, अभिशेक आचार्य ,महेश बुढथोकी,खुसी सुवेदी,सृजन मैनालीलगायत कलाकार मुख्य भुमिकामा रहेका छन् ।
तीजको मौलिकता र ख्याल ठट्टालाइ समायोजन गरी गीतकार तायलले आफ्नो गीतलाइ उत्कृष्ट बनाउने तदारुकता देखाएका छन् । गीतलाइ सङ्गीत माध्यमबाट अझ सजावट गायक पोखरेलले नै सङ्गीत सृजना गरेका छन् ।
दमक स्थित काब्य रेकड्समा रेकडिङ भएको उक्त गीतको एरेन्ज अशोक थापाको रहेको छ । त्यसैगरी क्यामेरामा हरी चौधरी र सम्पादनमा तिलक रीजाल रहेका छन् । म्युजिक भिडियो सम्योजक प्रदिप कुमार महतोले गरेका छन् ।
गीत जीएमएस डिजिटल नेपाल (GMS DIJITAL NEPAL) बाट हेर्न सकिने जनाइएकाे छ ।