मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

सशस्त्र प्रहरी बल २ नं. गण झापाले १७ औं स्थापना दिवसको अवसर २४ जनालाई सम्मान

देश प्रदेश डेस्क 5094+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

झापासशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापाले १७ औं स्थापना दिवसको अवसर पारेर  १ जना समासेवीसहित २४ जनालाई सम्मान गरेको छ । गणमा मंगलबार आयोजित कार्यक्रममा समाजसेवी ओम साई पाथिभरा अस्पताल भद्रपुरका अध्यक्ष दिपक पोखरेलसहित बहालवाला उत्कृष्ट प्रहरी कर्मचारी ७ जना, १३ जना खेलाडी, अवकाश प्राप्त ३ जना प्रहरीसहित २४ जनालाई सम्मान गरिएको हो ।
समाजसेवी पोखरेललाई प्रशंसा पत्र र खेलकुद लगायतका विभिन्न विधामा उत्कृष्टलाई मेडल र कदर पत्रले सम्मान गरिएको हो । सम्मानितलाई कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय कोशी प्रदेश पकली सुनसरीका डिआईजी शम्भु सुवेदी लगायतले सम्मान गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख सुवेदीले संगठनको निर्देशनमा रही देश र जनताको सेवामा समर्पित रहेर काम गर्दै सीमा सुरक्षामा सक्रिय भएर लाग्न प्रहरीलाई निर्देशन दिए।
विभिन्न देश प्रेमको झल्को दिने गीत तथा नृत्य सहितको सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको सीमा सुरक्षालाई कडाई गर्दै सीमा केन्द्रीत कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
गण प्रमुख कविन्द्र राईले धन्यवाद ज्ञापन गरेको कायर्यक्रममा झापा क्षेत्रमा पर्ने खुला सीमानाको क्षेत्रफल तथा सीमा स्तम्भ र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बीटबारे समेत जानकारी गराइएको थियो । प्राप्त जानकारी अनुसार १ सय ४४ किलोमिटर खुला सीमा रहेको झापामा ९ सय ९५ सीमा स्तम्भ ,चार प्रस्तावित गुल्म र १७ वटा विओपी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार