मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा सम्बन्धविच्छेदका घटना बढ्दै

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

 झापा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । झापा जिल्ला अदालतको पछिल्लो तथ्याङ्कले त्यस्तो देखाएको हो ।सामाजिक संरचना, बसाइँसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्धविच्छेदको घटना बढेको देखिन्छ ।अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेद सम्बन्धी १६७० वटा मुद्दाको लगत रहेको छ । अघिल्लो आर्थिक वर्षबाट सरी आएका र नयाँ दर्ता भएका सम्बन्धविच्छेदका त्यति मुद्धामध्ये १३४९ वटा फर्छ्यौट भएको छ ।बाँकी ३२१ वटा मुद्दा विचाराधीन रहेको सूचना अधिकारी बस्नेतले बताए ।

झापा जिल्ला अदालतमा पछिल्लो तीन वर्षको अवधिमा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।आर्थिक वर्ष २०८० साउन १ देखि २०८३ असार मसान्तसम्मको अवधिमा कुल ३ हजार ९ सय वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन् ।

दर्ता भएकामध्ये २ हजार ३ सय ६० वटा मुद्दा दुवै पक्षको आपसी सहमतिमा मिलापत्र गराइएको छ भने १ हजार ५ सय ४० वटा मुद्दा अदालतबाट फैसला भइसकेका छन् ।

अदालतका सूचना अधिकारी बस्नेतका अनुसार पछिल्लो दुई आर्थिक वर्ष (आव२०८१/८२ र २०८२/८३) मा मात्रै २ हजार ७ सय १४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।जसमध्ये १हजार ६ सय ५१ वटा मुद्दामा मिलापत्र गराइएको थियो ।
त्यस्तै, गत आर्थिक वर्ष २०८२/८३ को एक वर्षको अवधिमा १हजार ३ सय७३ वटा मुद्दा दर्ता भएकोमा ८ सय १६ वटा मिलापत्रमार्फत टुंगिएका छन् भने ३ सय७९ वटा मुद्दा फैसला भएका छन् । विशेष गरी घरायसी विवाद, वैदेशिक रोजगारी र संवैधानिक अधिकारप्रतिको चेतनाका कारण पछिल्लो समय समाजमा सम्बन्धविच्छेदका मुद्दा बढ्दो क्रममा रहेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

सम्बन्धविच्छेदका मुद्दा बढिरहँदा फैसला कार्यान्वयनतर्फ भने झापा जिल्ला अदालतले उल्लेख्य प्रगति हासिल गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा फैसला कार्यान्वयनतर्फ वार्षिक ९ सय ८५ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखिएकोमा लक्ष्य नाघेर १हजार २ सय २८ वटा मुद्दा फछ्र्यौट भएका छन् ।अदालतका अनुसार यो कुल लक्ष्यको १२४.६७ प्रतिशत प्रगति हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार