मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापाका सशस्त्रका एसपी राईकाे सरूवा,भण्डारी आउने

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१३ माघ २०८१, आइतबार

झापा सशस्त्र प्रहरी नेपालले ९० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को  सरुवा गरेकाे छ । सशस्त्र प्रहरी बल, नेपालले जारी गरेको विज्ञप्तिअनुसार प्रशासनिक दृष्टिकोण एवं आवश्यकताअनुसार उनीहरूको सरुवा गरिएको हो। सरुवा गरिएका सशस्त्रका ९० एसपीलाई २०८१ फागुन १ देखि सरुवा गरिएको कार्यालयबाट तलबभत्ता तथा रासन पाउने व्यवस्था गरिएको छ। 

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ९० एसपीलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा व्यवस्था भएबमोजिम नियम ३५ को उपनियम (१) को खण्ड (ग) अनुसार सशस्त्र प्रहरी महानिरीक्षकले माघ १० गते गरेको निर्णयअनुसार सरुवा गरिएको सशस्त्र प्रहरीले बलले जनाएको छ।

यता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा हेडक्वाटरका एसपी कवीन्द्र राईको सरुवा भएको छ । उनको ठाउँमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट एसपी तुलबहादुर भण्डारी आउन लागेका हुन् । एसपी राईको मानव स्रोत विभागमा सरुवा भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार