मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

देश प्रदेश डेस्क 5475+ समाचार ( )
६ अशोज २०८३, मङ्गलबार

झापा गाउँपालिका–३ कामाटोलीस्थित सडकखण्डमा टिपर र बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

सोमबार साँझ करिब ६ः५० बजे झापाबजारबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–००१ क १०६२ नम्बरको टिफर र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१९ प ३४२६ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा शिवसताक्षी नगरपालिका–४ का ३८ वर्षीय प्रेमप्रसाद पनेरु घाइते भएका छन्। उनको अनुहार, दाहिने खुट्टा र पेटमा चोट लागेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै शिवसताक्षी–५ का ४७ वर्षीय हरि सिंहको अनुहार र दाहिने घुँडामा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।

घाइते दुवै जनालाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षक चुक्तबहादुर बिष्टको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले टिपर चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय सुदिप धिमाललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय कुमरखोदको नियन्त्रणमा रहेको छ भने टिपरलाई सुरुङ्गातर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार