मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

इलाममा आगलागी , घर र गाडी जलेर नष्ट

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

इलाममा भएको आगलागीबाट घर र गाडी जलेर नष्ट भएको छ ।आज बिहानको राति २;३० बजे इलाम सूर्योदय नगरपालिका ३ जिल गाउँ बस्ने सन्तुलाल तामाङको पक्की पिलर भएको काठले बनेको र टिनको छानो भएको एकतले सुत्ने घरमा भान्सा घरबाट आगलागी भएको हो । आगलागीबाट घर र घरभित्र रहेको सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट छिमेकी पासाङ तामाङले आफ्नो घर अगाडी पार्किङ गरी राखेको प्र.१–०१–००२ च १३९३ नम्बरको डवल क्याप गाडी पनि पूर्णरुपमा जलेर नष्ट भएको छ ।

बिहान ३ः५०बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रविण जोशीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रहरी, सूर्योदय नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा उक्त आगो बिहान ४;५० बजे पूर्णरुमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार