मुख्य समाचार
सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने | सम्पन्न नेतृत्वबीच जनहितको परीक्षा : पारदर्शिता र उत्तरदायित्वको आवश्यकता |

अब सबै अनलाइन कारोबारमा डिजिटल पेमेन्ट गेटवे अनिवार्य

देश प्रदेश डेस्क 5084+ समाचार ( )
२४ पौष २०८२, बिहीबार

सरकारले विद्युतीय व्यापारको वित्तीय कारोबारलाई औपचारिक र सुरक्षित बनाउने उद्देश्यले महत्त्वपूर्ण कदम चालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ ले अब सबै अनलाइन व्यवसायीहरूलाई व्यावसायिक कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्न अनिवार्य गरेको छ ।

विद्युतीय मध्यमद्वारा हुने व्यापारलाई पारदर्शी, सुरक्षित, विश्वसनीय र उपभोक्तामैत्री बनाउन विद्युतीय व्यापार(ई–कमर्स) ऐन,२०८१ को दफा ३७ बमोजिम उद्योग मन्त्रालयले यो निर्देशिका जारी गरेको हो ।

निर्देशिकाको परिच्छेद–४ डिजिटल भुक्तानी प्रणाली सम्बन्धी व्यवस्थामा उल्लेख गरिएअनुसार विद्युतीय व्यापारमा संलग्न कुनै पनि व्यवसायीले इजाजतप्राप्त वा राष्ट्र बैंकद्वारा स्वीकृत नभएको भुक्तानी प्रणाली प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्थाले अनलाइन वित्तीय कारोबारमा सुरक्षा र पारदर्शिता बढाउने तथा नियामक निकायलाई भुक्तानीको उचित अनुगमन गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

यस्तै निर्देशिकाले ई–कमर्स प्लेटफर्महरूलाई प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई एनक्रिप्टेड ( सूचना वा डाटालाई गोप्य बनाई सुरक्षित गरिनु) रूपमा सुरक्षित राख्न र अनधिकृत पहुँच वा सूचना चुहावट भएमा तुरून्त कारोबार बन्द गरी विभागलाई जानकारी दिनुपर्ने र रिकभरी भइसकेपछि मात्र व्यवसाय सुचारु गर्नुपर्ने उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै