मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

विर्तामोडमा सशस्त्र प्रहरीले लत्ताकपडा बरामद गरेपछि काँकडभिट्टा नाकामा खटिएका सुरक्षाकर्मीमाथि प्रश्नचिन्ह्

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

झापा मेची भन्सार छलेर भित्राइएको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।  सशस्त्र प्रहरीले लत्ताकपडा बरामद गरेपछि काँकडभिट्टा नाकामा खटिएका सुरक्षाकर्मीमाथि प्रश्नचिन्ह् समेत खडा भएकाे छ । बिर्तामोड–५ स्थित महानन्द चोकमा शनिबार दिउँसो सशस्त्र प्रहरी र केही महिलाबीच कपडाको विषयलाई लिएर तनाव समेत भएको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको २ लाख ५० हजार बराबरको ७ बोरा बिभिन्न किसिमका लत्ता कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी तथा डीएसपी मदनकुमार रसाईलीले जानकारी दिए ।
सामान बरामदको क्रममा उक्त स्थानमा स्थानीय र महिलाहरु सशस्त्र प्रहरीमाथि खनिएका थिए । सशस्त्र प्रहरीले अवैध रुपमा कपडा आयात भएको सूचनापछि उनीहरुलाई पछ्याएको थियो ।
महानन्द चोकमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेका डीएसपी  दिव्यराज कोइरालाको कमाण्डमा १२ जनाको चेकप्वाईन्ट टोलीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेका बिभिन्न सवारी साधनहरु चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको २ लाख ५० हजार बराबरको ७ बोरा बिभिन्न किसिमका लत्ता कपडा बरामद गरेको उनले जनाए ।
कपडा लगायत अन्य सरसामानहरू मेचीनगरको पुरानो मेची पुल र पुलको  दायाँबायाँबाट महिला पोका कारोबारीले सो नाकाबाट  भित्र्याउँदै आइरहेको घटनाले पुष्टि गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार