मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

संयुक्त जेनजी आन्दोलनमाथि प्रहरीले दमन गरेकाे भन्दै भाेलि पनि आन्दाेलन गर्ने

देश प्रदेश डेस्क 5094+ समाचार ( )
७ पौष २०८२, सोमबार

झापा /  संयुक्त जेनजी समूहले माइतीघर मण्डलामा  गरेकाे शान्तिपूर्ण आन्दाेलनमाथि प्रहरीले धरपकड गर्दै दमन गरेकाले भाेलि अझ कडा आन्दाेलन गर्ने भएका छन् ।

शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रहरी दमनप्रति संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गर्दै भाेलि पनि ११ बजेदेखि आन्दाेलन गर्ने भएका हुन ।

आज संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी  प्रेस विज्ञप्तिमा भनिएको छ,' शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएका छन् र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइए पनि सामूहिक गिरफ्तारीको दबाबपछि तत्काल रिहा गर्न बाध्य हुनुले सरकारको दमनकारी प्रवृत्ति उजागर गरेको छ ।'

जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म आन्दोलन अझ सङ्गठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने संयुक्त जेनजी आन्दोलनका संयोजक ढुंगानाले बताए । 

यसैबिच संयुक्त जेनजी आन्दोलनले मंगलबार बिहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्णमा आग्रह गरेको छ ।

संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित नहुने चेतावनी समेत दिइएको छ । 

'जनताको आवाज दबाउने प्रयास इतिहासमा कहिल्यै सफल भएको छैन । न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि हाम्रो सङ्घर्ष निरन्तर रहनेछ,'विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार