मुख्य समाचार
परीक्षामा बरामद ४९६ मोबाइल पानीमा डुबाएर नष्ट, अभिभावकको गुनासो, जन्मदर्तासमेत गयो | "हजारौं युवासहित सडकमा उत्रियो कक्रोच जनता पार्टी, शिक्षामन्त्रीको राजीनामा माग्दै दिल्लीमा शक्ति प्रदर्शन" | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग |

राजनीतिक दलका नेताहरू राजसंस्था पुनर्स्थापनाको हल्लाले त्रसित

देश प्रदेश डेस्क 5166+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

                                                                                                               फायल फाेटाे

झाप नेपालमा राजनीतिक दलका नेताहरू राजसंस्था पुनर्स्थापना हुने हल्लाले  त्रसित छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजकाजमा फर्काउन राजावादीहरु सक्रिय छन् । आज उनीहरुले राजधानीमा विशाल कार्यक्रम गर्दै छन् । पोखराबाट फर्किन लागेका ज्ञानेन्द्रको स्वागत सम्मानमा उनीहरुले कार्यक्रम गर्न लागेका हुन् । उनीहरूले गणतन्त्रवादी नेताहरुलाई चुनौती दिँदै राजालाई कुनै पनि हालतमा नारायणहिटी दरबारमा ल्याउने दाबी गर्दै नारा–जुलुस कडा बनाउँदै गइरहेका छन् ।

पूर्वराजा शाह फर्किने चर्चा पछिल्लो समय बढ्दै गइरहेको छ । सोही चर्चाका बीचमा नेताहरूले पूर्वराजालाई ‘चुनाव जितेर प्रधानमन्त्री’ बन्न सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहितले पूर्वराजालाई चुनाव जितेर प्रधानमन्त्री भई जनताको सेवा गर्न चुनौती दिएका छन् । गणतन्त्रका लागि जेलजीवन बिताएका र आन्दोलन गरेर सत्तामा पुगेका यी नेताहरूले कुनै पनि हालतमा राजतन्त्र फर्किने सम्भावना नभएको दाबी गरेका छन् ।

राजतन्त्रको वकालत गर्दै आएको र राजालाई फर्काउने अभियानमा लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नागरिककै सहयोगमा राजालाई नारायणहिटी दरबार पुर्याउने रणनीतिमा छ । गत बुधबार काठमाडौंमा राप्रपाले मोटरसाइकल र्याली आयोजना गरेको थियो । जहाँ राजाको पक्षमा नारा लागेको थियो । यस्तै, पोखरामा गत बिहीबार दिवंगत राजा वीरेन्द्रको सालिक अनावरण पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए । त्यहाँ पनि राजा र राजसंस्थाको पक्षमा नाराबाजी भएको थियो । पछिल्लो समयमा देशका विभिन्न ठाउँमा राजसंस्था र राजाको पक्षमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार