मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

नाला निर्माणमा गुणस्तहिन सामाग्रीकाे प्रयाेग

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

झापा / मोरङको कानेपोखरी गाउँपालिकामा विकास निर्माणका काममा गुणस्तहिन सामाग्रीकाे प्रयोग भएको छ । 

कानेपोखरी गाउँपालिका–४ मा निर्माणाधीन नालामा गुणस्तरहीन काम भएको स्थानीयवासीले बताएका हुन् ।

नालाका लागि प्रयोग गरिएको सामग्री कमसल भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्राविधिकहरूको टोलीले स्थलगत निरीक्षण गरी उक्त कामको गुणस्तर परीक्षण गर्दा निर्माण कम्पनीले मापदण्ड विपरीत काम गरेको पुष्टि भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीका अनुसार करिब एक सय मिटर लामो नाला निर्माणमा सिमेन्टको न्यून प्रयोग, माटो मिसिएको बालुवा र ठूला–ठूला ढुङ्गा प्रयोग गरेको पाइएको बताए । ‘प्राविधिक परीक्षणबाट नै यो कुरा पुष्टि भएपछि हामीले तत्काल निर्माण कार्य रोकेर निर्माण गरिएको संरचना भत्काउन निर्देशन दिएका छौं’–उपाध्यक्ष अधिकारीले भने । उक्त नाला भत्काएर शनिबारदेखि पुनः नाला निर्माणको काम थालिएको उनले जानकारी दिए । 

अलि बिल्डर्स कम्पनी इनरुवाले गत आर्थिक वर्षमा कानेपोखरी गाउँपालिकासँग वडा नम्बर ४ को गुरुङ चोकदेखि दक्षिणतर्फ पाँचसय मिटर नाला निर्माणको ठेक्का लिएको थियो । स्थानीय विवादका कारण काम रोकिएपछि गाउँपालिकाले म्याद थप गरेर यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अनुमति दिएको थियो ।

सोही कम्पनीले कानेपोखरीको वडा नम्बर ६ र ७ मा पनि पाँचसय मिटरका दरले नाला निर्माणको जिम्मा पाएको छ । गाउँपालिकाका अनुसार तीनै स्थानमा गरी एकहजार पाँच सय मिटर लामो नालाको निर्माण कार्यका लागि करिब एक करोड १० लाख रुपैयाँमा सम्झौता भएको छ ।

गाउँपालिकाका इञ्जिनियर दीपक गुरागाईंका अनुसार नाला निर्माणमा ६ देखि ८ मिलिमिटरसम्मका ढुङ्गाको प्रयोग गर्नुपर्नेमा ठेकेदारले एकसय किलोग्रामभन्दा बढी तौल भएका ठूला ढुङ्गाहरू प्रयोग गरेको पाइएको छ । ‘निर्माण कम्पनीले काम छिटो सम्पन्न गर्ने नाममा मापदण्ड विपरीत काम गरेको स्पष्ट देखियो’–गुरागाईंले भने । स्थानीय बासिन्दाहरूले यस्तै प्रकारको गुणस्तरहीन काम अन्य स्थानमा पनि भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

उनीहरूले यसअघि निर्माण भइसकेका संरचनाहरूको पनि प्राविधिक परीक्षण गर्न माग गरेका छन् । ‘अहिले देखिएको यो एउटा नालामात्र होइन, यही कम्पनीले अन्य वडामा पनि निर्माण गरेका नालाहरूको गुणस्तर के कस्तो छ भन्ने कुरा पनि जाँच हुनुपर्छ’–स्थानीय महेन्द्र गुरुङले भने । 

गाउँपालिकाले अब पुनः निर्माण भइरहेको नालाको कडाइका साथ अनुगमन गर्ने र गुणस्तर सुनिश्चित भएपछि मात्र भुक्तानी दिने प्रतिबद्धता जनाएको छ । ‘हामीले प्राविधिक टोलीमार्फत् निरन्तर अनुगमन गरिरहेका छौं र मापदण्ड अनुसारको काम भएपछि मात्रै भुक्तानी प्रक्रिया अगाडि बढाउनेछौं’–उपाध्यक्ष अधिकारीले बताए ।

यो घटनाले स्थानीय सरकारद्वारा सञ्चालित विकास निर्माणमा हुने गरेको अनियमितता र निगरानीको अभावलाई उजागर गरेको छ । स्थानीय सचेतता र नागरिक खबरदारीले यस्ता अनियमितता रोक्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार