झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९, का २१ वर्षीय एक युवक रहेका छन् ।
१० वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।
प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।