मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |
मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |


विप्लवका नेताद्वारा व्यक्तिको जग्गा अघोषित रुपमा कब्जा

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१६ पौष २०८०, सोमबार

झापा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले मेचीनगरको एक जना व्यक्तिको जग्गा अघोषित रुपमा कब्जा गरेको छ ।

आइतबार सो पार्टीले धुलाबारीका शंकर वस्नेतको नाममा रहेको मेचीनगर–९ स्थित सोल्टन गाउँको एक विगाहा ५ कठ्ठा जग्गामा झण्डा र व्यानर गाडेर अघोषित रुपमा जग्गा कब्जा गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका अध्यक्ष प्रसान्त सी नेतृत्वको टोलीले सो जग्गामा झण्डा र व्यानर गाडेको थियो ।

घटना अनुसार पूर्णबहादुर भण्डारीको नाममा रहेको सो जग्गा २०७१ सालमा उनकी श्रीमती देवी खनाल भण्डारीले श्रीमानको वारिसनामा मार्फत काठमाडौँ–१४ निवासी सुजन श्रेष्ठसँग घरायसी प्रयोजनका लागि ५ लाख लिएर कानुनी प्रक्रियामा राजीनामा गरेको देखिन्छ । तर, देवीले व्यवहारिक कागज गर्दा २ वर्षपछि फिर्ता गर्ने शर्तमा सो पैसा लिएको दावी गर्छिन् । देवीका श्रीमान पूर्णबहादुर हाल विदेशमा छन् ।

देवीका अनुसार सो पैसा स्थानीय सन्तोष खड्का मार्फत लिएको हुँ । दृष्टि बन्धक पास गर्ने भनेर मालपोत कार्यालय झापामा राजीनामा गराएको उनको दावी छ ।

तर उहाँहरुको भित्री सहमती अर्कै छ । घटना यस्तो छ । दृष्टि बन्धकमा बैँकले ऋण नदिने भएपछि देवीले सुजनलाई राजीनामा पास गरिदिने र बैँकबाट पैसा आएपछि सन्तोष, सुजन र देवीले आफुलाई चाहे जति पैसा लिने कुरा रहेछ ।

सो पैसा झिकेपछि आ–आफ्नो पैसाको व्याज तिर्दै जाने, २ वर्षपछि सबैले चलाएको पैसा र व्याज तिर्ने र जग्गा देवी भण्डारीलाई नै फिर्ता गर्ने सहमती थियो ।

२०७१ सालमा ग्लोवलआईएमी बैँकबाट चलाएको पैसा उनीहरु कसैले पनि २०७५ सालसम्म साँवा व्याज नतिरेपछि बैँकले सो जग्गा लिलामीमा राख्यो । उनीहरुले बैँकबाट करिव ४० लाख ऋण निकालेको बुझिएको छ । त्यहि लिलामीको जग्गा २०७५ सालमा बैँकबाट वस्नेतले खरिद गरेका थिए ।

अहिलेका जग्गा धनी वस्नेत विरुद्ध देवी भण्डारीले जिल्ला अदालतमा मुद्दा हालिन । अदालतले अहिलेका जग्गा धनी वस्नेतको पक्षमा फैसला गरेको छ ।

सोही मुद्दाको पुनारवेदन गर्दा इलाम उच्च अदालतले पनि वस्नेत कै पक्षमा फैसला गरेको छ । वस्नेत पक्षका वकिल पदम डाँगीका अनुसार व्यवहारिक पक्ष के थियो थाहा भएन तर, कानुनी रुपमा वस्नेतले बैँकबाट लिलाम गरेको सो जग्गा किनेको देखिन्छ ।

वकिल डाँगीका अनुसार मेचीनगर नगरपालिकामा समेत यो विषयमा छलफल भएको थियो । १५ दिनभित्रमा वस्नेतको पैसा दिने र जग्गा फिर्ता लिने सहमती थियो । त्यो समयमा पनि देवी भण्डारीले पैसा दिन सकिनन् । त्यसपछि देवीले जिल्ला अदालत झापामा मुद्दा हालेको डाँगीको भनाई छ ।

‘लिलामी भएको जग्गा बैँकबाट लिए’, वस्नेत भन्छन्–‘अदालतबाट पनि जिते । अहिले मेरो जग्गामा झण्डा गाडेका छन् । व्यक्तिको जग्गामा जुनसुकै दल आएर झण्डा गाड्न मिल्छ । यो त सरासर कानुनको वर्खीलाप गरेको होइन र । अब चाडै प्रहरी–प्रशासनमा उजुरी दिन्छु ।’

विप्लव नेतृत्वको पार्टीका अध्यक्ष सीले पीडित महिलाको पक्षमा पार्टी उभिएको बताए । उनले अन्यायमा परेकी देवी भण्डारीले न्याय नपाएसम्म पार्टीले सबै पक्षसँग छलफल गर्न तयार रहेको बताए । सम्मानित अदालत र देवी भण्डारीमाथि जालझेल गरेर उनीहरुले जग्गा हडपेको सीको दावी छ ।

आइतबारै दिउँसो धुलाबारी स्थित एक होटलमा अहिलेका जग्गा धनी वस्नेत, रविन वस्नेत, भुपु राई कान्छा, मिलनराज प्रसाई, पीडित देवी भण्डारी, अध्यक्ष सी, इन्चार्ज सुमन सिंह सी लगायतका व्यक्तिहरु छलफलमा बसेका थिए । छलफल सहमती नजिक पुगेको बताइएको छ । मेचिनगर अनलाइनबाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार