मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

त्रिशूली आएकाे बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२४ आषाढ २०८२, मङ्गलबार

झापा / त्रिशूली नदीमा आएको बाढीले २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ ।

त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि लेदाे थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति नभएको उनले बताए ।

त्यस्तै ६० मेगावाट क्षमताको  त्रिशूली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशूली ३ बी सबस्टेसनलाई हिलोले छोपेको जानकारी उनले दिए । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

त्यस्तै चिलिमेको पावरहाउसमा पानी छरे पनि क्षति भने नपुगेको उनले बताए । त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको उनले जानकारी उनले दिए ।

यिनै आयोजनाको उत्पादन बन्द भएकाले त्रिशूली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको शाक्यले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार